नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6572 · वि.सं. २०५५
नि.नं. 6572 — सरकारी छाप दस्तखत कीर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादित नं. ६९१२५३०५ को नागरिकता प्रमाणपत्र कीर्ते भन्ने झापा जिल्ला अदालतको फैसला उपर प्रतिवादीले पुनरावेदन नदिई चुप लागि चित्त बुझाई बसेको देखिएकोले सो नागरिकता प्रमाण पत्र कीर्ते हो भन्ने कुरामा विवाद देखिएन । कीर्ते नागरिकता आफूसंग साथ रहेकोमा सो कीर्ते गर्ने गराउनेमा आफ्नु निर्दोषिताको भरपर्दो प्रमाण अभियुक्त प्रतिवादीले पेश गर्न नसकेपछि निजलार्इ कसूरदार मान्नु पर्ने हुँदा कसुरदार ठहर्याई सजाय गरेको पुनरावेदन अदालत इलामको इन्साफ मनासिव ठहर्ने । (प्र.नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6572 |
|---|---|
| मुद्दाको विषय | सरकारी छाप दस्तखत कीर्ते |
| निर्णय वर्ष / मिति | 2055/01/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6572 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
