नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6571 · वि.सं. २०५५
नि.नं. 6571 — सवारी ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादी मध्येका भक्त बहादुर पल्लीलाई शुरु सुर्खेत जिल्ला अदालतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा (२) बमोजिम २ वर्ष कैद हुने ठहर्याई गरेको फैसला उपर निजले पुनरावेदन गरेको देखिँदैन । दण्ड सजायको ११ क. बमोजिम कैदको सट्टा रकम बुझाएमा कैदको लगत कट्ट हुने गरेको शुरुको फैसला खण्ड पुनरावेदन अदालतले कानून विपरित भनि बदर गरेको सम्बन्धमा पर्न आएको निज प्रतिवादी भक्त बहादुर पल्लीको पुनरावेदन पत्रको सम्बन्धमा विचार गर्दा उल्लेखित ऐनको दफा १६१ को उपदफा २ मा उल्लेखित कसुरमा २ वर्ष देखि १० वर्षसमम कैद सजाय हुन सक्ने व्यवस्था देखिन्छ । दण्ड सजायको ११ क को व्यवस्था ३ वर्ष भन्दा कम कैदको सजाय हुने कसुरको सम्बन्धमा मात्र आकर्षित हुन सक्ने भएकोले उक्त ऐनको दफा १६१(२) बमोजिमको सजाय हुने कसुरमा आकर्षित हुने अवस्था नदेखिँदा पुनरावेदन अदालत सुर्खेतले यि प्रतिवादी भक्त बहादुरको हकमा गरेको निर्णयलाई अन्यथा भन्न नमिल्ने । (प्र.नं. २३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6571 |
|---|---|
| मुद्दाको विषय | सवारी ज्यान |
| निर्णय वर्ष / मिति | 2055/04/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6571 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
