नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6569 · वि.सं. २०५५
नि.नं. 6569 — हकसफा ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अदालतबाट भै आएको नक्सा मुचुल्का हेर्दा वादीको न.नं. ७ को जग्गाको उत्तरतर्फ न.नं. १ को सडक र नं. २ को कुलो देखिन्छ भने दक्षिणतर्फ पनि न.नं. ५ को कुलो र न.नं. १२ को गोरेटो बाटो देखिन्छ । वादीको जग्गाको दक्षिणतर्फ न.नं. १३ को पियान र न.नं. १६ को कुलो समेतले वादीको न.नं. ७ को जग्गालाई छोएको देखिँदा न.नं. ४ को कुलोबाट मात्र पानी लगी आफ्नो जग्गा सिचाई गर्नु भन्ने वादीको भनाई तर्कसंगत नदेखिने । (प्र. नं. ११) § लेनदेन व्यवहारको ११ नं. अनुसार सन्धीसर्पन पर्ने हकवालाले मात्र निखनी लिन पाउने कानूनी व्यवस्था देखिन्छ । जग्गाको साँध मिल्दैमा सन्धिसर्पन पर्ने होइन । सन्धिसर्पन पर्नलाई वादीले हकसफा नगरेका अवस्थामा वादीलाई कुलो, पानी, बाटो, निकास, हावा, घाम, इत्यादि कुराहरुमा अवरोध पुग्ने हुनु पर्ने । (प्र. नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6569 |
|---|---|
| मुद्दाको विषय | हकसफा । |
| निर्णय वर्ष / मिति | 2054/06/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री टोप बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6569 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
