नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6565 · वि.सं. २०५५

नि.नं. 6565 — करार बमोजिम गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ करार बमोजिमको दायित्व निर्वाह नभएको अवस्थामा पक्षहरुकै मन्जुरीबाट पनि उपचार तथा व्यहोर्नुपर्ने क्षति सम्बन्धमा करार लिखत भै उल्लेख भएकाले सो लिखतको व्यहोराबाट नै वादी दावी बमोजिम २०४९।२।१३ को सो करार लिखतका आधारमा राजिनामा राजिष्ट्रेशन गराई पाउँ भन्ने वादीको दावी मनासिव नदेखिँने । (प्र.नं. १५) § प्रस्तुत मुद्दामा संयुक्त इजलासले बुझाउन पर्ने वाँकी रकम धरौटी नराखेको कुरालाई विवेचना गर्दै दावी बमोजिम वाँकी रुपैया बुझाए करारको लिखत पारित हुने ठहर्‍याई रुलिङ्ग बाझिएको भनि पूर्ण इजलासमा पठाएको समेत मिलेको देखिएन । वादीलको दावी करार लिखत अनुसार नै मनासिव नदेखिएकोले वादी दावी पुग्न नसक्ने ठहर्‍याएको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6565
मुद्दाको विषयकरार बमोजिम गरी पाउँ
निर्णय वर्ष / मिति2055/01/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री दिलिप कुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6565
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्