नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6561 · वि.सं. २०५५
नि.नं. 6561 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ श्रीमतीसँग ज्यान लिन इवीलाग वा मनसाय नभै भावविशेषमा परी अवस्था र परिणाम बुझ्न नसकी भवितव्यबाट मेरो हातबाट श्रीमती पार्वतीको मृत्यु हुन गएको भनी प्रतिवादी रतन सिंहले पुनरावेदन जिकिर लिएको देखिएता पनि मुलुकी ऐन ज्यान सम्बन्धीको ५ नं. विश्लेषण गरी हेर्दा आफूले गरेको कामबाट मानिस मर्न सक्छ भन्ने परिणामको ज्ञान नभई आकश्मिक घटना वा मनसायरहित अप्रतयाशित कार्यबाट मानिसको मृत्यु भएको अवस्थालाई भवितव्य मान्नुपर्ने पर्ने हुन्छ तर प्रस्तुत मुद्दामा बनास जस्तो घातक फलामे हतियारद्बारा प्रतिवादी रतन सिंहले मृतक पार्वतीलाई पटक पटक चोट हानी मारेको भन्ने कुरा निजले मौकामा प्रहरीमा तथा अदालतमा गरेको बयान पोष्टमार्टम रिपोर्ट लगायतका मिसिल संलग्न अन्य सबुद प्रमाणहरुबाट पुष्टि भइरहेको छ । यस्तो कार्यलाई भवितव्यको परिभाषा भित्र समेट्न नमिल्ने । (प्र.नं. १७) § बनास (ठूलो हसिंया) जस्तो साँघातिक हतियार प्रहार गरी मृतक पार्वतीको शरिरमा विभिन्न घाउखत पारी सोही चोट पीरका कारणले निज पार्वतीको मृत्यु भएको भन्ने कुरा मिसिल संलग्न पोष्टमार्टम रिपोर्ट लास प्रकृति मुचुल्का स्वंय प्रतिवादीले गरेको बयानबाट समेत पुष्टि भइरहेको हुँदा यस्तो प्रकृतिको अपराधमा शुरुले ज्यान सम्बन्धीको १४ नं. आकर्षित हुने ठहर्याई १० वर्ष कैद गर्ने गरेको शुरुको इन्साफ बदर गरी ज्यान सम्बन्धी महलको १३(१) बमोजिम प्रतिवादी रतन सिंह महरालाई सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्याएको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6561 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2055/02/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6561 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
