नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 656 · वि.सं. २०२९

नि.नं. 656 — जग्गा वाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बदर गराउन नसकी अन्तिम भई बसेको कुनै पनि अदालतको फैसलाको विपरित पछि गरिएको जिकिरले बदर हुन नसक्ने । हालको वादीमा बढी किल्ला पक्रेकोसमेत ध्यान आकर्षित गरिएन भन्ने तर्कलाई अघिका फैसलामा उल्लेख भएका किल्ला कहाँ पर्दो रहेछ हाल वादीले पक्रेको जग्गा सो किल्ला भित्र बाहिर के रहेछ र प्रतिवादीले हाम्रो रैकर भनी इन्कार लिएको धोजे दर्ताको जग्गा कहाँ रहेछ भनी त्यसतर्फ यकिन गर्न २ थर रोहवरमा रही लेखाई देखाई सहिछाप गरेको गाउँको प्रधानपञ्च सदस्यसमेत रोहवरमा रही खडा भएको २२ सालको नक्सा हेर्दा वादीले किपट भनी लेखाएको ताप्लेजुङ अमिनिको १५ सालको फैसलामा लेखिएको मेवाखोला दोभान गजर सिं लिम्बुसमेतको साँध भन्नेसमेतका ४ किल्ला उल्लेख भएका ठाउँको नाउँ त्यो हैन सो नाउँ गरेको ठाउँ यो हो भनी प्र.जिकिर लिन नसकी अघिका फैसलामा किल्ला उल्लेख भएको नाउँको ठाउँ सोही नै हो भन्ने कुरामा प्रतिवादी पनि सहमतै भएको देखियो, सोही ४ किल्ला भित्रको जग्गालाई मेरो किपट बारी हो बुद्धिराजसँग झगडा पर्दा जितेको भनी वादीले र हाम्रो धोजे दर्ताको रैकर भनी प्रतिवादीहरूले जिकिर लिएकोमा अघि झगडा पर्दा फिरादीले जितेको जग्गा यो हैन यस बाहेक अन्यत्र यस ठाउँमा छ भनी प्रतिवादीले जिकिर लिन देखाउन नसकेका र प्रतिवादीले हारी १५ सालमा ताप्लेजुङ अमिनिबाट र सो इन्साफमा सदर भई धनकुटा अपीलबाट १६ सालमा छिनिएको फैसला बदर गराउन प्रतिवादीहरूले नसकेको न्याय प्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा १० को उपदफा (क) मा कुनै मुद्दामामिलामा अदालतले गरेको निर्णय अन्तिम हुनेछ र सो निर्णय त्यस मुद्दामामिलाका दुवै पक्षलाई मान्न कर लाग्नेछ भन्ने उल्लेख भएकाले उक्त फैसलाको विपरित हाल गरेको जिकिरले सो फैसला बदर हुन नसक्ने । वादीले १५ सालमा लेखाएका ४ किल्ला भित्रकै जग्गामा हाल झगडा परेको देखिए पनि अघि झगडा परी जिती पाएको जग्गा भनी वादी पक्षले र हाम्रो धोजे दर्ताको रैकर जग्गा हो भनी प्रतिवादीले जिकिर लिएको कुरा २ ठाउँमा लेखिएकाले सो मध्ये नक्सा नं.२ वादी टेकबहादुरको घर पाली खाली कटेरो भन्ने ठाउँको जग्गा फिरादीको किपट र सो बाहेक बरबोटे भन्ने जनिएको ठाउँको सिर डाँडादेखि पश्चिम मेवाखोला तर्फको धोजे दर्ता भनेको भन्ने उल्लेख भएको न.नं.३६ को जग्गा प्रतिवादीहरूको धोजे दर्ताको रैकर देखिन्छ भनी निवेदक प्रतिवादी पक्षका वकिलले छलफलमा उठाउनु भएको तर्कलाई सो बमोजिम हो भन्ने कुरा प्रतिवादीहरूले आफ्नो प्रत्यूत्तरमा जिकिर लिन नसकेको बुद्धिराजको घर भनी जनिएको ठाउँ नजिकमा धोजे दर्ता मेरो हकको भनी बुद्धिराजले भनेको भन्ने पनि जनिएको सोही ठाउँ नजिकै पिपरा रानिबाट सट्टा पाएको बारी भनी वादीले भनेको भन्ने पनि जनिएको पिपरा रानिबाट वादीले सट्टा पाएको जग्गा धोजे दर्ताको रैकरमध्येको हो भन्ने कुरा अघिका फैसलाहरूबाट देखिनाले सो ठाउँमा भएको धोजे दर्ताको रैकर जग्गाका नाताले भिर डाँडादेखि पश्चिमको न.नं.३६ को जग्गा पनि धोजे दर्ताको कायम गर्न उपरोक्त कारणले मिलेन अघिका फैसलाको वादीको दावी जैसानको रैकर बारी रुदिलाको रुख कान्ला वारपार उत्तर भन्ने लेखिएकोमा दक्षिणमा पनि दावी लिएको देखिनाले बढी दावी गरेको र अरु फिदिम अदालतको मनासिव भनी मेची अञ्चल अदालतबाट ठहर भएको बढी दावी गरेको नठहर्ने भन्ने तर्फ फिरादीले पुनरावेदन नगरेको मेची अञ्चल अदालतको इन्साफ डिभिजन बेञ्चबाट सदर गरेको भएपछि त्यसदेखि बाहेक पनि यो ठाउँको जग्गा बढी चापी किल्ला लेखेको भन्ने जिकिर नहुनाले हालको दावीमा बढी किल्ला पक्रेतर्फ ध्यान आकर्षित भएन भन्ने तर्क निराधार देखिन्छ । (प्र.नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.656
मुद्दाको विषयजग्गा वाली
निर्णय वर्ष / मिति2028/11/13
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री जयदेव भट्ट
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 656
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्