नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6559 · वि.सं. २०५५
नि.नं. 6559 — लेनदेन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी ऐन जमानी गर्नेको ६ नं. मा धन जमानी भएको अवस्थामा आसामीले तिर्न सकेन भने धन जमानी हुनेको जायजेथा रोक्का गरी पहिले आसामीको जायजात गरी नपुगेकोमा जमानीको जायजातबाट भर्ना गराउनु पर्छ भन्ने कानूनी व्यवस्था भै रहेको देखिँदा प्रथमतः आसामी स्वामीतलाल श्रेष्ठ र मोहन लाल श्रेष्ठ उपर मात्र फिराद लाग्न सक्ने देखिन्छ । कारणी उपर रकम उपर गर्ने कारवाही नै शुरु नगरी कारणी र जमानी दिनेलाई समेत एकै फिरादले नालेस लाग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला मुनासिव देखिने । (प्र.नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6559 |
|---|---|
| मुद्दाको विषय | लेनदेन । |
| निर्णय वर्ष / मिति | 2055/03/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6559 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
