नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6556 · वि.सं. २०५५
नि.नं. 6556 — कुटपिट ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुटपिटको २ नं. को व्यवस्था हेर्दा हात खुट्टा वा यिनैको जोर्नी भाँची फोरी फुकाली बेकम्मा पारी दिएमा अंगभंग हुने देखिन्छ । हात भाँचिएको भनेको उपरोक्त व्यक्तिहरुको र केवल देविया देवि सुडिनको हकमा मात्र पहिले जस्ता काम नलाग्ने भन्ने लेखिएको सम्मको कारणले कुटपिटको महलको २ नं. को उक्त शब्दावली भित्रको भाँची फोरी फूकाली वेकम्मा पारी दिएको भन्ने अर्थ गर्न मिल्ने देखिएन । वारदातको वर्णित अवस्थालाई विचार गर्दा प्रस्तुत मुद्दामा एक्सरे रिपोर्ट र डाक्टरको राय अनुसार अंगभंगको खत भए गरेको पनि नदेखिएको र वादीहरुको घाउखत र हात भाँचिएको समेत निको भैसकी हाल काम नलाग्ने समेत देखिएको नहुँदा कुटपिटको महलको ७ नं. बमोजिम बचत दिने प्रतिवादी इलियास मियाँलाई रु २०००।– जरिवाना र ६ महिना कैद हुने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6556 |
|---|---|
| मुद्दाको विषय | कुटपिट । |
| निर्णय वर्ष / मिति | 2054/03/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6556 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
