नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6555 · वि.सं. २०५५
नि.नं. 6555 — जालसाजी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अंशको दावी परी सकेपछि लोग्नेको बाबुबाट अंश बुझी गरी दिएको भरपाईले कानून बमोजिम वादीहरुले प्राप्त गर्ने अंश हकमा प्रत्यक्षतः असर पर्ने गरी मिति २०४५।११।१८ को कागज बनाए बनाउन लगाएको देखिन आयो । सो भरपाई कागजबाट वादीले कानून बमोजिम प्राप्त गर्न सक्ने अंशमा हक कायम हुन सक्ने कुरालाई अन्यथा हुने गरी भएको भरपाईबाट वादीको अंशहरु मेटिने देखिएकोले त्यस्तो कागज किर्ते कागजको ३ नं. ले जालसाजी देखिने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6555 |
|---|---|
| मुद्दाको विषय | जालसाजी । |
| निर्णय वर्ष / मिति | 2054/09/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6555 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
