नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6554 · वि.सं. २०५५
नि.नं. 6554 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीले मृतक पक्षका अन्य मानिसहरुले आफु उपर आई लागेको अवस्था निजहरुलाई तर्साउने उद्देश्यले घटनास्थलमा रहेको ढुंगा उठाई हान्दा मृतकको सन्निमा लाग्न गै मृत्यु भएको देखिन आएकोले निज प्रतिवादीले मृतकलाई नै मार्ने उद्देश्ले ताकी हानेको नदेखिएको स्थितिमा निजलाई वादि दावी बमोजिम ज्यान सम्बन्धी महलको १४ नं. अनुसारको कसूर सजाय ठहर गर्न मिल्ने देखिन आएन । त्यसैले निज प्रतिवादी डवाङ ठिले लामालाई पुनरावेदन अदालत पोखराको मुलुकी ऐन ज्यान सम्बन्धी महलको ६(४) अनुसारको कसूर र सजाय ठहर गरी गरेको मिति २०५१।१२।२७।२ को फैसला मिलेकै देखिँदा सदर हुने । (प्र.नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6554 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2055/03/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6554 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
