नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6553 · वि.सं. २०५५
नि.नं. 6553 — अंश दर्ता ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रमाण ऐन २०३१ को दफा ६(क) ले अन्यथा प्रमाणित नभएसम्म एकाघरका अंशियार मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । प्रतिवादी तर्फबाट आफ्नो नाउँमा रहेको सम्पत्ति स्वआर्जनको निजी हो भन्ने कुरा अन्यथा प्रमाणित हुन आएको देखिएको छैन । छोराहरुका नाममा रहेको सम्पत्ति पनि स्वआर्जन, वण्डा नहुने भन्ने जिकिर लिएको भएता पनि कानूनले वण्डा नहुने अवस्थाको देखिएन । यस्तो स्थितिमा प्रतिवादी वीरबहादुरका छोराहरुको नाममा रहेको सम्पत्ति पनि वादीले अंश नपाउने भन्न नमिल्ने । (प्र.नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6553 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता । |
| निर्णय वर्ष / मिति | 2054/07/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6553 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
