नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6552 · वि.सं. २०५५

नि.नं. 6552 — साझा चोक कायम गरी पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुलुकी ऐन रजिष्ट्रेशन महलको १६ नं. मा लिखत गर्दा सो लिखत गरिदिनेले घर जग्गाको किल्ला लेखाएकोमा पछि सो किल्ला ठीक छैन भन्ने उजुर परेमा प्रमाणबाट ठहरे बमोजिम हुन्छ लिखतमा लेखिएकोले मात्र किल्ला कायम हुन सक्तैन भन्ने व्यवस्था रहेबाट चार किल्ला लेखि देखाएको भरमा मात्र हक पुग्दैन त्यस्तो जग्गाको प्रमाणको श्रेस्ताका आधारमा हक स्थापित हुने देखिन्छ । वादीले आफ्नो जग्गाको चार किल्ला उल्लेख गर्दा विवादित जग्गालाई साझा जग्गा हो भनी लेखि दिएका आधारमा संयुक्त इजलासबाट साझा ठहर्‍याएको मिल्दो नदेखिने । (प्र.नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6552
मुद्दाको विषयसाझा चोक कायम गरी पाउँ ।
निर्णय वर्ष / मिति2055/02/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6552
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्