नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 655 · वि.सं. २०२९

नि.नं. 655 — जालसाजी लिखत वदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) राजीनामा उपर विवाद उठी मुद्दा चलिरहेको बखत जग्गा धनी दर्ता प्रमाण पूर्जा तिरो रसिद लिएको उक्त कागजलाई नयाँ प्रमाण मान्न नमिल्ने । निवेदक प्रतिवादी बुद्धिकुमारको नाममा हालको सर्भे नापीमा मात्र नयाँ दर्ता भएको नभई मुद्दा पर्नु अगावै ८० सालको नापीमा र ०९ सालमा खान्गी खारेज भई माल दर्ता हुँदा समेत बुद्धिकुमारकै नाम दर्ता भएको जग्गाको हालको सर्भे नापीमा पनि निज बुद्धिकुमारकै नाममा मात्र दर्ता हुन गई निजले जग्गा धनी दर्ता प्रमाण पूर्जा पाएको देखिएको र यो मुद्दामा त्यस्तो नभई साविकमा अर्कैका नाममा दर्ता भइराखेको जग्गा राजीनामा लिने भनेको बालसागरको नाममा नयाँ दर्ता गराएको भन्ने देखिनाले तथ्यमा फरक हुँदा उपरोक्त दे.फु.नं. ६५ को मुद्दामा ०२८।३।३२।६ को फुल बेञ्चबाट भएको फैसलाको नजीर यसमा लाग्न सक्ने देखिएन, खास गरी नयाँ प्रमाण भनेको मुद्दा पर्नु भन्दा अगाडिको पहिले अदालतमा पेश हुन नआएको ऐनले प्रमाण लाग्न सक्ने किसिमको कागजलाई मात्र मान्नु पर्ने मुद्दा परी तत्कालिन शुरु इलाका अदालत र जिल्ला अदालत २ तह फैसला भई प्रतिवादीले जितेको भए पनि जिल्ला अदालतको इन्साफ दोहरिने भई मुद्दा सर्वोच्च अदालतमा दायरै रहेको अवस्थामा जुन राजीनामा उपर विवाद उठी अदालतमा मुद्दा चलिराखेकोछ सोही राजीनामाको जग्गा अदालतमा मुद्दा चल्दाचल्दै प्रतिवादी बालसागरले सर्भेनापीमा आफ्नो नाममा दर्ता गराई लिएको मुद्दा परिसकेपछिको जग्गा धनी दर्ता प्रमाण पूर्जालाई नयाँ प्रमाण मान्न नमिल्ने र अर्को ०२८।३।६।१ को रसिदको हकमा पनि सोही जग्गा धनी दर्ता प्रमाण पूर्जाको आधारले २७ सालको तिरो बुझाएको रसिद देखिन आएको समेत हुँदा निवेदकले पेश गरेको उपरोक्त जग्गा धनी दर्ता प्रमाण पूर्जा र रसिदसमेत यो मुद्दाको लागि नयाँ प्रमाण मान्न मिल्ने अवस्थाको देखिएन । (प्रकरण नं. २)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.655
मुद्दाको विषयजालसाजी लिखत वदर
निर्णय वर्ष / मिति2028/10/28
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 655
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्