नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6549 · वि.सं. २०५५

नि.नं. 6549 — भ्रष्ट्राचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वि.प्र.अ.ले अनुसन्धान कारवाही चलाएकोमा रा.प. प्रथम श्रेणीको योजन प्रमुखको पनि सो भ्रष्ट्राचारमा संलग्नता देखिन आएको भनि वि.प्र.वि.अ.ले अ.दु.नि.आ. मा पठाएको देखिन्छ । अ.दु.नि.आ. ले अ.दु.नि.आ.को आयुक्तलार्ई छानविन अधिकृत तोकी निज छानविन अधिकृतले छानविन गरी अ.दु.नि.आ. नियमावली, ०३४ को नियम ११(१) अन्तर्गत असाधारण अधिकार क्षेत्र प्रयोग गरी कारवाही हुन प्रतिवेदन पेश गरिएको र सो प्रतिवेदन अनुसार नै कारवाही भएको मिसिलबाट देखिएकोले प्रस्तुत मुद्दाको कारवाही गर्न अ.दु.नि.आ. लार्ई असाधारण अधिकार क्षेत्र प्रयोग गरी कारवाई गर्ने अधिकार भएको भन्न मिल्न सक्ने । § अ.दु.नि.आ. को अधिकार क्षेत्रभित्रको विषय देखिए तत्पश्चात छानविन कारवाहीको कार्य गर्न अ.दु.नि.आ. ले गरिने हुँदा वि.प्र.वि. ले गरेको अनुसन्धान कारवाहीलार्ई मान्यता नपाउने । § जाहेरवालीले रातको समयमा दिएको रुपैया तत्काल खान तलासी नलिई सुर्योदयको समय सम्म पर्खिदा अपराधसित सम्वन्धित सो रुपैया दसी नै प्राप्त हुन नसक्ने प्रवल सम्भावना भएकोले सो दशी गायव हुन नदिन तत्काल खान तलासी लिन वाहेक अरु विकल्प नै छैन । तर्सथ ऐनको मनसाय अनुरुप दशीलार्ई प्राथमिकता दिई वरामद गरिएकोले सो वरामदी मुचुल्का मान्यता नपाउने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6549
मुद्दाको विषयभ्रष्ट्राचार
निर्णय वर्ष / मिति2055/02/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आर्चाय | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6549
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्