नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6545 · वि.सं. २०५५
नि.नं. 6545 — लिखत दर्ता वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लिखतमा लेखेको वापतको विषय तथ्य सम्वन्धित कुरा हो । तथ्य संवन्धी विवाद शुरुमै उठेको हुनु पर्छ, किनकी विवादित तथ्यको निरोपणार्थ सवुद प्रमाण शुरु तहमा सामन्यतया हुन सक्ने । § वापत कानून विपरित वा अनैतिक उद्देस्य प्राप्तीको लागी भए मात्र त्यस्तो वापतमा गरेको राजीनामा लेनदेन आदि लिखत कानूनी औचित्तय पूर्ण नहुने अवस्था पर्दछ । घरको मुख्यले अकानूनी र अनैतिक वापतका लागि रुपैया लिई गरि दिएको लित वाहेक अन्य प्रकारका वापत अन्यथा प्रमाणित भएमा वाहेक अमान्य वेमुनासिव भन्न मिल्ने हुँदैन । त्यसले वापतका विषयमा प्रष्ट रुपले दावा जिकिर लिई सो कुराको प्रमाणित गर्नुपर्ने विषय भएकोले दावी जिकिर लिई विवाद उठाएको र प्रमाण नदिएको हुँदा त्यस्तो कुरामा अदालतले स्वंयले वन्द व्यापार गर्न रुपैया लिई लिखत गर्नु घर व्यवहार चलाउन भन्न नमिल्ने भनी घरको मुख्यले आधासम्म विक्रि गरेको तथ्यलार्ई मानेर पनि वन्द व्यापार गर्न भन्दा घर व्यवहार चलाउन भन्न नमिल्ने भनी शुरु इन्साफ उल्टी गर्ने गरेको पुनरावेदन अदालत राजविराजको इन्साफ मिलेको नदेखिंदा वदर हुने । (प्र.नं. १३ र १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6545 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता वदर । |
| निर्णय वर्ष / मिति | 2055/01/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6545 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
