नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 654 · वि.सं. २०२८
नि.नं. 654 — जारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जारीको २ नं.बमोजिम साधुले जारलाई जारी खतवापत सजाय गर्न पाउनेमा कैद वा विवाह खर्च भराई माग्ने के सजाय गराउन चाहेको हो सो खुल्नुपर्ने, नखुलेमा खुलाउने मौका दिँदासमेत उपस्थित नभए निर्णय गर्न नपरी खारेज हुने । मुख्य जारी खतमा साधुले जारलाई नयाँ मुलुकी ऐन जारीको २ नं.बमोजिम गराउन पाउने सजायमा विवाह खर्च भराई माग्ने वा कैद गराउने यी दुई कुरामा एक कुराको वादीले दावी लिएको भए सोसजाय गराउन पाउने नपाउने कुराको लागि नै जारी गरे नगरेको समेत अदालतबाट इन्साफ तहकिकात गर्नुपर्ने हो । तर अदालतमा उपस्थित भई बयान गरी उक्त जारीको २ नं.बमोजिम सजाय रोजी दावी गर्न अदालतबाट मौका दिँदासमेत वादी आफू हाजिरै नभई तारेख गुजारी बस्छ भने यसस्थितिमा उक्त जारीको २ नं.बमोजिम सजाय हुनसक्ने नसक्ने कुराको निर्णय दिने प्रश्नै आउँदैन । अतःउपरोक्त उल्लेख भए बमोजिम निर्णय दिइरहनु नपर्ने हुँदा अरु कुरा विचार गरिरहनु परेन । उपरोक्त कारणबाट यो मुद्दा खारेज हुनेठहर्छ । डिभिजन बेञ्चसमेतबाट इन्साफ तहकिकात भएको बदर हुन्छ । वादी आफूले गराउन पाउने जारी खतको सजाय रोजी दावी गर्न हाजिर नभएको कारणबाट खारेज हुने ठहरेकोले कसैलाई केही गर्नुपर्दैन । अरु तपसीलबमोजिम गर्नु । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 654 |
|---|---|
| मुद्दाको विषय | जारी |
| निर्णय वर्ष / मिति | 2028/01/31 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 654 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
