नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 653 · वि.सं. २०२८

नि.नं. 653 — घर खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बुहारी मरी अपुताली पर्दा देवर जेठाज्यू एकै पिंडीका हुन जाने ससुरा अघिल्लो पिंडीको हुन जाने हुनाले देवर जेठाज्यूको हकै नलाग्ने भन्न नमिल्ने । बुहारी मरी परेको अपुतालीमा ससुरा नजिक हो वा मर्नेको लोग्नेका सहोदरका दाजु भाइ जेठाजू देवर भए निजहरू पनि नजिक हुन्छन् हुँदैनन्भन्ने हकमा देवर जेठाजू एकै ंिपढीका हुन जाने ससुरा अघिल्लो पिंढिको हुन जाने हुनाले देवर जेठाजूको हकै नलाग्ने भन्ने तर्क गर्न मिल्दैन । झगडा परेको घर वादीले भोगचलन गरिआएको भन्ने कुरा प्रतिवादीको लेखबाट पनि देखिन्छ । मैले बस्नसम्म दिएको भन्ने प्रतिवादीको भनाई भएकोमा त्यस कुराको लिखतपत्र छ भन्न र पेश गर्न प्रतिवादीले सकेको छैन यस स्थितिमा उक्त अपुताली वादी प्रतिवादीहरूले आपसमा बाँडचुड गरी भोगचलन गरेका र झगडा परेको घर वादीको भागमा परी वादीकै भोगचलनमा रहेको रहेछ भन्ने प्रष्ट हुन्छ । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.653
मुद्दाको विषयघर खिचोला
निर्णय वर्ष / मिति2028/08/24
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय । | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्यायको राय भएको ०२८।१।३०।४ को डिभिजन बेञ्चको फैसला ।
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 653
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्