नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 652 · वि.सं. २०२८
नि.नं. 652 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बण्डापत्र लिखत नभए पनि दुवै पक्षको मन्जुरीले बण्डा गरी आ–आफ्नो भाग नामसारी दर्ता भोग चलन बिक्री बन्धक लिनु दिनुसमेत भए गरेकोमा पहिले बण्डा भए गरेको व्यवहार बदर गरी पुनः बण्डा गरी दिनुपर्ने भन्न नमिल्ने । यस्तै वादी इन्द्रगोपाल श्रेष्ठ विरूद्ध कैलास श्रेष्ठ समेतको अंश मुद्दामा ०१०।११।२७।४ को फुल बेञ्चबाट घरायसमा बण्डा गरी आफ्नो भाग दर्ता भोग तिरो बिक्री व्यवहारसमेत गरिसकेको अब पास गर्नालाई ऐनको म्याद पनि नाघिसकेको हुँदा पास गर्न पनि नमिल्ने देखिएकोबाट बण्डा गरिसकेको व्यवहार बदर गर्न मुनासिव नपर्ने भन्ने र दे.फु.नं. ९२ वादी अकलबहादुर खड्का प्रतिवादी गणेशबहादुर खड्काको अंश मुद्दामा ०२७।१२।३।३ को फुल बेञ्चबाट बण्डापत्र लिखत नभएको भनी पुनःबण्डा गरिदिने गर्दा पहिले दुवै पक्षको मन्जुरीले बण्डागरी आ–आफ्नो भाग नामसारी दर्ता भोगचलन र बिक्री बन्धकी लिनुदिनु समेत भए गरेको व्यवहारमा असर पुग्न जाने हुँदा वादी दावीबमोजिम बण्डा गरिदिनु पर्ने भन्न नमिल्ने भन्ने र दे.फु.नं. ८९ वादी नारायणप्रसाद पाण्डे प्रतिवादी महालक्ष्मी पाण्डेनी समेतको अंश मुद्दामा ०२८।१।७।३।को फुल बेञ्चबाट ८४ सालमै छुट्टि भिन्न भई अंशबण्डा गरी वादीले आफ्नो अंश भाग लिइसकेको बण्डापत्र लिखत पेश नभएकोसम्म कारणले बण्डा नभएको कायम मान्न नमिल्ने भन्ने तर्क गर्न धेरै वर्ष अघि बण्डा भई दर्ता भोग तिरोसमेत गरी आएको दुनियाँको व्यवहारमा असर पुग्न जाने र बण्डापत्र लिखत नभए पनि दुवै पक्षको मन्जुरीले बण्डा गरी आ–आफ्नो भाग नामसारी दर्ता भोगचलन बिक्री बन्धक लिनु दिनुसमेत भए गरेकोमा पहिले बण्डा भए गरेको व्यवहार बदर गरी पुनः बण्डा गरी दिनुपर्ने भन्न नमिल्ने भन्ने ठहर निर्णय भइराखेकोसमेत पाइन्छ । प्रस्तुत मुद्दामा ०९।१।२९ मा वादी प्रतिवादीसमेत सबै अंशियारको मन्जुरीले बण्डापत्र गरी आ–आफ्नो बण्डाको जग्गा आ–आफ्नो नाममा दर्ता गराई भोगतिरो बिक्री व्यवहारसमेत गर्दै आएको र वादीले यता अंश मुद्दा दायर गर्दै गर्ने र उता आफ्ना नाममा बण्डापत्रको मिति पछि दर्ता दाखेल गराएको जग्गा धमाधम बिक्री गर्दै गरेकोबाट वादीले आफ्नो नाममा दर्ता दाखेल गरेको जग्गा बिक्री गरिसकी अरू अंशियारका नाममा दर्ता दाखेल भएको जग्गा हातपार्ने र अघि अंशबण्डा लिनेमध्येकी भक्तीदेवी परलोक हुनुभइसकेको हुनाले १ अंशियार घट्न गएकोबाट अब बण्डा हुँदा बढी सम्पत्ति पाउँला भन्ने नियत लिई नालिस गरेको समेत देखियो । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 652 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2028/08/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रंगनाथ उप्रेतीज्यूले प्रस्तुत मुद्दामा उक्त ०९।१।२९ को बण्डापत्रलाई नै मान्यता दिनु भई गर्नुभएको इन्साफसँग मेरो राय सहमत नभएको हुँदा फुल बेञ्चबाट निर्णय हुनपर्ने भएकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. को राय नमिली फुल बेञ्चमा प्रस्तुत भएको यस मुद्दामा २००९।१।२९ को घरसारको बण्डापत्रको आधारमा वादी देवेन्द्र सम्शेर र प्रतिवादी मे.ज.लीला सम्शेरको अंशबण्डा भैसकेको ठहराउन मिल्ने वा नमिल्ने के हो | माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेतीले वादी र प्रतिावदीका बीचमा अंशबण्डा भैसकेको ठहराई राय व्यक्त गर्नुभएको र साविक मुलुकी ऐन अंशबण्डाको महलको नं.४९ र रजिष्ट्रेशनको महलको नं.३ र ३ (क) अनुसार रजिष्ट्रेशन पारित नभएको बण्डापत्रको लिखत सदर नहुने कानूनी व्यवस्थाअनुसार २००९।१।२९ को घरसारको बण्डापत्रका आधारमा वादी र प्रतिवादीका बीचमा अंशवण्डा भइसकेको भन्न कानून सङ्गत नहुने भन्ने माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.ले राय व्यक्त गर्नुभएको देखिन्छ । यस सम्बन्धमाा उल्लेख गरिएका नजीरहरूलाई हेर्दा विभिन्न फुल बेञ्चहरूबाट विभिन्न किसिमका निर्णयहरू भई कुनैमा रजिष्ट्रेशन पारित भएको बण्डापत्र नभएसम्म अंशवण्डा भएको भन्न नमिल्ने भनी निर्णय भएको र कुनैमा रजिष्ट्रेशन पारित भएको बण्डापत्र नभए पनि अरू व्यवहारबाट बण्डा भएको देखिन्छ भने घरसारमा भएको बण्डा पनि सदरै हुने भन्ने सिद्धान्त प्रतिपादित भएको पाइन्छ । वादी गणेशलाल श्रेष्ठ विरूद्ध प्रतिवादी आशालाल श्रेष्ठ फुल बेञ्च निर्णय नं.१९० (२०२० ने.का.प.३८) वादी सूर्यमाया गुभाजुनी विरूद्ध मोहनमाया | माननीय न्यायाधीश श्री झपट सिंह रावलको बहुमतबाट वादीको दावी पुग्न नसक्ने भनी ठहर भएकोले यस सम्बन्धमा मैले अरू केही भनी रहनु परेन बहुमतको निर्णय बमोजिम गर्नु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 652 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
