नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 651 · वि.सं. २०२८

नि.नं. 651 — उत्प्रेषणको आदेश जारी गरीपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) उत्तराधिकारीबाट प्राप्त हुने पुजारीको पदमा कुनै सम्पत्ति भोग गर्ने वा कुनै सम्पत्तिबाट कुनै प्रकारको लाभ प्राप्त गर्ने हक गाँसिएको छ भने त्यस्तो पदमा सम्पत्तिसम्बन्धी अधिकार प्राप्त हुने । अब माथि लेखिएबमोजिम निवेदकले पाएको पुजारीको पद निवेदकको सम्पत्तिसम्बन्धी अधिकार हो वा होइन भन्ने प्रश्न छ । यस सम्बन्धमा यो कुरा पहिले नै स्पष्ट गर्नु आवश्यक छ कि कुनै व्यक्तिको सम्पत्ति भन्नाले केवल निजको स्वामित्व भएको भौतिक पदार्थ मात्र होइन, त्यस्तो कुनै पदार्थ भोग गर्ने वा नियन्त्रण गर्ने वा त्यसबाट अरू कुनै प्रकारको लाभ प्राप्त गर्ने हक पनि निजको सम्पत्ति नै हुन्छ । यसै गरी कुनै व्यक्ति विशेषलाई उत्तराधिकारको प्राप्त हुने पद पनि अवस्थानुसार निजको सम्पत्ति हुन सक्तछ । खास गरी यदि कुनै व्यक्तिको पद वा हैसियत अर्को व्यक्तिको स्वेच्छामा निर्भर नभई कुनै व्यक्तिलाई आफ्नो बाबु बाजेको उत्तराधिकारको रूपमा प्राप्त हुने पदमा हैसियत हो र सो पद वा हैसियतसँग कुनै सम्पत्ति भोग गर्ने वा कुनै सम्पत्तिबाट कुनै प्रकारको लाभ प्राप्त गर्ने हक पनि गाँसिएकोछ भने सो पद वा हैसियत निजको सम्पत्ति नै सम्झनु पर्ने हुन्छ । माथि उल्लेखित श्री ५ को सरकार, गुठी बन्दोवस्त अड्डा र अपील तेस्राका फैसलाहरू लाई हेर्दा श्री चाँगुनारायण भगवानको पुजारीको काम गर्न समर्थ भएमा सो पद बाबु पछि छोराले नै पाउने देखिएको र सो काम गरेबापत जग्गाको आयस्ता खान्गी बाली पनि खान पाउने भएकोले सो पदमा निवेदकको अधिकार सम्पत्तिसम्बन्धी अधिकार हो भन्ने कुरा प्रष्ट हुन्छ । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.651
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरीपाउँ
निर्णय वर्ष / मिति2028/08/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वाशुदेव शर्मा
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 651
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्