नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 649 · वि.सं. २०२८
नि.नं. 649 — जग्गा दोहरा दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अधिकार क्षेत्रको अभावमा–मुद्दा हेर्न छिन्न नमिल्ने । अञ्चलाधीश कार्यालयबाट हेरेतर्फ तेरो मेरो पर्नआएको मुद्दामा कार्यपालिकातर्फका अञ्चलाधीशले हेर्न छिन्न पाउने अधिकार क्षेत्र नभएकाले निजले हेरी छिनेको कायम रहन नसकी बदर गरी खारेज गर्ने गरी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०२५।७।१९।२ मा भएको निर्णयउपर यस कानूनका आधारले अञ्चलाधीशले हेर्न छिन्न मिल्ने भनी कानून समेत उल्लेख गरी जिकिर लिन निवेदकले नसकेको र ऐनले अञ्चलाधीशले हेर्न नमिल्ने हुँदा अधिकार क्षेत्र बाहिर गई छिनेको बदर गर्ने गरी खारेज गरेको ०२५।७।१९।२ को डिभिजन बेञ्चको निर्णय मुनासिव ठहर्छ । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 649 |
|---|---|
| मुद्दाको विषय | जग्गा दोहरा दर्ता |
| निर्णय वर्ष / मिति | 2028/08/07 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 649 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
