नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6475 · वि.सं. २०५४
नि.नं. 6475 — जिउ मास्ने वेच्ने ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादी वद्री प्रसाद पाण्डे अदालत समक्ष आरोपित कसुरमा इन्कार रहेको र इन्कार रहने कारणमा औषधी उपचार भई रहेको अवस्था उल्लेख भएको देखिन्छ । एलेवी लिए तर्फ तत्काल मूल्याङ्कन हुने नभई मुद्दा किनारा हुँदाका वखत मूल्याङ्कन हुने विषय हुन आउँछ । तत्काल प्राप्त प्रमाणको आधारमा मात्र थुनछेक तर्फ विचार गर्नु पर्ने देखिंदा तत्काल प्राप्त प्रमाणबाट निजलाई थुनामा राखी मुद्दा पुर्पक्ष गरिनु पर्ने सम्मको आधार प्रमाण पुगेको नदेखिंदा पछि वुझ्दै जांदा देखिन आएको आधार प्रमाणबाट थुनछेक तर्फ विचार गर्न मिल्ने नै देखिंदा हाल प्राप्त प्रमाणको आधारले मात्र प्रतिवादी वद्रि प्रसाद पाण्डेलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्नु पर्ने स्थिति नदेखिंने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6475 |
|---|---|
| मुद्दाको विषय | जिउ मास्ने वेच्ने । |
| निर्णय वर्ष / मिति | 2054/07/21 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6475 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
