नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6473 · वि.सं. २०५४
नि.नं. 6473 — अंश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ ३५ वर्षको उमेर पुगेको विवाह नभएकी छोरीले छोरा सरह अंश पाउछे भन्ने अंशवण्डाको १६ नं. मा उल्लेख भएको पाइन्छ । निज विमला देवीले प्रमाण दिएको एस.एल.सी को प्रमाण पत्रबाट निजको जन्म मिति २०१८।३।१५ ले निजको उमेर ३५ वर्ष नाघी सकेको देखिंदा विमला देवीले अंश पाउने नै देखिन्छ । वादी प्रतिवादी समेतको लेखबाट निज विमला देवी समेत ७ अंशियार भएको देखिन्छ । तसर्थ ७ अंशियार कायम गरी ७ भागको ५ भाग वादीले प्रतिवादीबाट अंश पाउने ठहर्याएको शुरु काठमाण्डौ जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । (प्र.नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6473 |
|---|---|
| मुद्दाको विषय | अंश । |
| निर्णय वर्ष / मिति | 2054/07/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6473 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
