नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6471 · वि.सं. २०५४
नि.नं. 6471 — राजिनामा दर्ता वदर हक कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लेनदेन व्यवहारको १० नं. ले सगोलको सम्पत्ति कसैलाई हक छोडी दिंदा अन्य अंशियारको मंजुरी लिनु पर्ने र नलिएमा नलिएको अंशियारहरुको जति वदर हुने भन्ने व्यवस्था गरेको पाइन्छ । राजिनामा गरिदिएको सम्पत्ति निजी आर्जनको भनी प्रतिवादीले लिएको जिकिरलाई निजले सवुद प्रमाणद्वारा पुष्टि गर्न सकेको देखिंदैन । अंशवण्डाको १९ नं. मा व्यवहार चलाउनलाई स्वास्नी छोरा वुहारीको मंजुरी नभएपनि आफू खुस गर्न पाउने भन्ने प्रावधान भएकोले दाजुभाई अंशियारको सन्दर्भमा सो ऐन आकर्षित हुने भन्न नमिल्ने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6471 |
|---|---|
| मुद्दाको विषय | राजिनामा दर्ता वदर हक कायम । |
| निर्णय वर्ष / मिति | 2054/05/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6471 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
