नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6470 · वि.सं. २०५४

नि.नं. 6470 — जिउ मास्ने वेच्ने ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रमाण ऐन, २०३१ को दफा २५ ले कसुर प्रमाणित गर्ने भार वादीको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर तर्फ जीउ मास्ने वेच्ने कार्यलाई नियन्त्रण गर्न वनेको जीउ मास्ने वेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ७(२) अनुसार निर्दोषिताको प्रमाण पनि यिनै प्रतिवादीले पुर्‍याउनु पर्ने हुन्छ भने यस अलावा प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार सजाय हुन नपर्ने कुराको प्रमाण पनि यिनै प्रतिवादीले पुर्‍याउनु पर्ने कानूनी व्यवस्था रहेकोमा यि प्रतिवादी डालु भन्ने वाटुली लामाले आफ्नो साक्षी सवुद प्रमाण केही दिन सकेको पाइदैन । केवल इन्कारी कै भरमा आरोपित कसुर यी प्रतिवादीले गरिनन् होला भनी संझन नमिल्ने । (प्र.नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6470
मुद्दाको विषयजिउ मास्ने वेच्ने ।
निर्णय वर्ष / मिति2054/05/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6470
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्