नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6467 · वि.सं. २०५४

नि.नं. 6467 — अंश नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ २०२०।७।१० को लिखतमा यो यति सम्पति अंश वापत वण्डा लिएको भन्ने उल्लेख नभएको उक्त लिखतमा वण्डा पाउने सम्पतिको आधाको मूल्य लिई सकेको भन्ने उल्लेख भएको र कुन मितिमा कुन कुन सम्पति वा कति रकम लिई अंश छोडपत्र गरेको हो भन्ने उल्लेख नभएको अंश वापत रुपैया र चल सम्पति लिई अंश छोडपत्र गरेको भनेको लिखत कानूनको रीत पुगेको पनि देखिएन । तसर्थ रजिष्ट्रेशन हुनु पर्ने कुरा तत्कालिन अंशवण्डाको ३० नं. को अन्तिम वाक्यले गरेकोले उक्त लिखतलाई मान्यता दिन मिलेन । साथै खेदुको नाउँको जग्गा वादी तर्फ सरी आएको नदेखिएको र ७ नं. फाराम पनि पुर्खौली सम्पत्तिको भरेको नदेखिएको प्रतिउत्तर पत्रमा केही जग्गा निजी आर्जन भन्ने जिकिर लिएपनि यस मितिमा खरीद गरेको वा यस आधारवाट निजी आर्जन हो भन्ने नखुलाएको र सो वमोजिमको कुनै प्रमाण समेत पेश हुन आएको नदेखिएको हुँदा व्यवहार प्रमाणबाट वण्डा भएको भन्न पनि मिलेन । अतः वादी दावी पुग्न नसक्ने ठहराएको इन्साफ उल्टी गरी वादी दावी वमोजिम पेश हुन आएको तायदातीको २ भागको १ भाग अंश वादीले पाउने ठहराएको पुनरावेदन अदालत वुटवलको इन्साफ मिलेकै देखिंदा सदर हुने । (प्र.नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6467
मुद्दाको विषयअंश नामसारी
निर्णय वर्ष / मिति2054/07/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6467
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्