नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6466 · वि.सं. २०५४
नि.नं. 6466 — मोही पजनी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भूमि सम्वन्धी ऐनको दफा २६(क) ले स्पष्ट रुपले मोही हक विक्रि गर्न दान दातव्य गर्न वा अन्य किसिमले हक हस्तान्तरण गर्न वन्देज गरेको कुरामा उक्त वन्देजको प्रतिकूल हुने गरी यी प्रतिवादीले अन्य व्यक्तिलाई मोही हक उल्लेखित किसिमले हस्तान्तरण गर्न सक्ने अवस्था पनि देखिदैन । पृथ्वीमानले झपट वहादुरलाई जग्गा जोत्न दिएको भनेको लिखत मिति २०४४।३।१० मा भएको तर ०४६ सालमा यिनै प्रतिवादी उपर वाली भराई पाउँ भन्ने मुद्दा दिंदा पृथ्वीमान मोही भएको कुरालाई स्वीकार गरेको पाईन्छ । तसर्थ उल्लेखित कानूनी व्यवस्थाहरुवाट मिति २०४४।३।१० का लिखतको आधारमा पुनरावेदक प्रतिवादीले मोही हक छोडेको भन्न सकिने अवस्था नेदेखिंने । (प्र.नं. १७ र १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6466 |
|---|---|
| मुद्दाको विषय | मोही पजनी । |
| निर्णय वर्ष / मिति | 2054/02/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6466 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
