नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6465 · वि.सं. २०५४
नि.नं. 6465 — लिखत दर्ता वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ हालैको वक्स पत्र भएको कुनै पनि किताका जग्गाहरु वादीले लेनदेन मुद्दाका आधारबाट रोक्का राख्न सकेको देखिंदैन । यसरी रोक्का नरहेको जग्गामा रुपैया कर्जा लिएका आधारबाट मात्र प्रतिवादीहरुका जग्गामा वादीको हक पुगेको भन्न मिल्ने देखिंदैन । हकै नपुगेको कुरामा प्रतिवादीहरुका वीच जग्गा वक्सपत्र गरी लिनु दिनु गरेको कुरामा वादीको रुपैया भूस पार्ने उद्देस्यबाट नै सो कार्य गरेको भन्न अनुमान गर्न नमिल्ने हुँदा जालसाजी नठहराएको पु.वे.अ. को फैसलालाई सदर गर्ने गरी यसै लगाउको यिनै वादी प्रतिवादी वीच चलेको सम्वत् २०५० सालको फौ.पु.नं. ६६४ को जालसाजी मुद्दामा आजै फैसला भएको हुँदा प्रतिवादीहरुको वीच भएको जग्गामा वक्सपत्र वदर गर्ने उपर्युक्त कानूनी आधारको अभावमा वक्सपत्र वदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको पुनरँवेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6465 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता वदर । |
| निर्णय वर्ष / मिति | 2054/05/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6465 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
