नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6464 · वि.सं. २०५४

नि.नं. 6464 — निषेधाज्ञा ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लालमती कलवारिनले पुजारी शुकेश्वर पाण्डेलाई मिति २००४।८।६।६ मा वेच विखन गर्न नपाउने गरी रामजानकी मन्दिरको पुजाआजाको कार्य चलाउने साधु सन्तलाई दान पुण्य भोजन गराई वांकी आयस्ता खानु भनी दानपत्र गरी दिएको सम्म देखिएको सो गरी दिएको दानपत्रमा शुकेश्वर पाण्डे धर्मछोरा भनी रामजानकी मन्दिरको पुजाआजा समेत संचालन गर्न संचालक समिति गठन गर्न सक्ने अधिकार दिएको नदेखिएको र अधिकार विना गठन भएको संचालक समितिले दिएको निवेदन नै अनाधिकार समेत देखिएको कारण समेतबाट निषेधाज्ञाको निवेदन पत्र खारेज गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको निर्णय आदेश मिलेकै देखिंदा पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6464
मुद्दाको विषयनिषेधाज्ञा ।
निर्णय वर्ष / मिति2054/03/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6464
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्