नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6463 · वि.सं. २०५४
नि.नं. 6463 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ रोक्का रहे उपर विवादको कित्ता जग्गाका संयुक्त दर्तावाला मध्ये शुरश्यामको जिल्ला अदालतमा उजुर परेकोमा कानून वमोजिम गर्नु भनि ०४७।४।१८ मा जिल्ला अदालतबाट भएको आदेशलाई कोशी अन्चल अदालतले सदर गरेको तथ्यलाई लोप गरी रिट निवेदक आएकोले रिट निवेदक सफा हातले नआएको र विवादित कित्ता जग्गा पुरै निवेदकको आफ्नो नाममा कायम नभै संयुक्त दर्ताको देखिने र संयुक्त दर्ता मध्ये एकजना दर्तावालाको जग्गा फुकुवा तर्फ निवेदन परी मिति ०४७।४।१८ मा कानून वमोजिम भै सो आदेश कायम रहेको अवस्थामा निवेदकको माग वमोजिम रोक्का आदेश वदर गरी जग्गा फुकुवा गर्ने स्थिति समेत नहुँदा प्रस्तुत रिट निवेदक खारेज हुने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6463 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2054/01/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6463 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
