नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6462 · वि.सं. २०५४
नि.नं. 6462 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्र. लेख बहादुर प्रहरीमा फरार रहि अदालतमा आई वयान गरेको देखिन्छ । निजको वयानलाई हेर्दा अपराध गर्ने योजनामा पहिला देखि नै सरिक भएको देखिन्छ । त्यसै गरी निजले कर्तव्य पछि रु.१४००। निकालिएको सो रु.१४००। रुपैया मध्येबाट आफुले रु.३००। लिएको कुरा पनि स्विकार गरेको निजकै वयानबाट देखिन्छ । उल्लेखित वयानलाई पुष्टि गर्दै प्रतिवादी रण बहादुर, खड्ग बहादुर समेतले स्यानी मेजर्नीलाई रंगेली कान्छा भन्ने लेख बहादुरले घांटी अठ्याएका दवाएका हून भनी प्रहरी अदालतमा वयान गरेका र प्रतिवादी रण बहादुरले लेखाएको वयानमा पनि अपराध गर्नु भन्दा पहिले तेज कुमारीको पसलमा को को छन् भनी रंगेली कान्छा भन्ने रण बहादुर हेर्न गएको भनेका र सो कूरालाई लेख बहादुर समेतले स्वीकार गरेको पाइन्छ । यसरी पैसाको प्रलोभनमा मार्ने पुर्व तयारी गरी योजना वनाई घांटी अठ्याई मृतक राम बहादुर अस्लामी मगर, सानी मेजर्नी भन्ने यनीसरा मगर्नी र तेज कुमारी मगर्नीलाई मारेकोमा प्रतिवादी रण बहादुर समेत सावित भएको र उल्लेखित कुरालाई पुष्टि गर्दै अदालतमा उपस्थित सर्जमीनका मानिसहरु समेतले किटानी रुपमा लेखाई दिएको पाइन्छ । अतः उल्लेखित अवस्था तथा घट्नाको निरन्तरता समेतलाई हेर्दा प्र.रंगेली कान्छा भन्ने लेख बहादुर वारदातमा संलग्न थिएनन् भन्न मिल्ने अवस्था देखिदैन । यस्तो अवस्थामा अपराधमा आफू संलग्न नभई घटनास्थल वाहिर मानिस हेर्न वसेको भन्ने प्र. लेख बहादुरको भनाईलाई पुष्टि गर्ने कुनै प्रमाण समेत गुजार्न सकेको देखिदैन । खाली म संलग्न थिइन भन्दैमा निजलाई शंकाको सुविधा दिई निज लेख बहादुर पूर्व योजना अनुरुप घटनास्थलमा उपस्थित भईसकेपछि वारदातमा संलग्न नरही ३ जनाको कर्तव्य ज्यान जस्तो संगिन अपराधमा दर्शक मात्र भई टुलु टुलु हेरी मात्र रहे होलान भनी भन्न मिल्ने अवस्था विद्यमान नहुँदा निज प्रतिवादी रंगेली कान्छा भन्ने लेख बहादुर झांक्री समेतलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्याएको शुरु पाल्पा जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत वुटवलको फैसला मनासिव ठहर्याएको यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. २८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6462 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2054/09/10 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोबिन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय मिलेकै देखिंदा मनासिव ठहर्ने । | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको रायमा सहमत नहुँदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत मा.न्या. श्री कृष्णजंग रायमाझीको राय । | माननीय न्यायाधीश श्री कृष्ण जंग रायमाझीसंग पुनरावेदक प्रतिवादी रंगेली कान्छा भन्ने लेख वहादुर झाक्रीको हकमा ज्या.स. १७(३) नं. वमोजिम कैद बर्ष ३ हुने ठह | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय मिलेकै देखिंदा मनासिव ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6462 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
