नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6461 · वि.सं. २०५४

नि.नं. 6461 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विपक्षी पद्म सुन्दर लावती मन्त्री पदमा वहाल रहंदा अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर हुनासाथ निजले सम्हालेका सवै पदबाट स्वतः निलम्वन भएकाले निज समेतले गरेको प्रतिनिधि सभाको विशेष अधिवेशनको समावेदन र प्रधानमन्त्री शेर बहादुर देउवा उपर प्रतिनिधिसभाको विश्वास छैन भन्ने अविश्वासको प्रस्तावमा निजले गरेको दरखास्त समेत गैरकानुनी भएकाले उत्प्रेषणको आदेशद्वारा वदर गरी मिति २०५३।९।१ गते श्री ५ बाट आव्हान गरिवक्सेको प्रतिनिधि सभाको विशेष अधिवेशनमा अधिवेशन अवधिभर निज उपस्थित हुन छलफल गर्न मत प्रकट गर्न, मतदान प्रकृयामा सहभागी हुन समेत नपाउने गरी अन्तरिम आदेश जारी गरी पाउं भन्ने समेतको निवेदन जिकिर भएको देखियो । यस अदालतले २०५३।९।९ मा वृहत विशेष इजलासबाट रिट निवेदनको रुपबाट अन्तरिम आदेश जारी गर्नु पर्ने उचित र आवश्यक देखिन आएन भनी अन्तरीम आदेश जारी नहुने गरी आदेश गरेको देखिन्छ । जहांसम्म माथि उल्लेख भए वमोजिम उत्प्रेषण आदेशको माग छ, श्री ५ बाट विशेष अधिवेशनको आव्हान गरिवक्से वमोजिम विशेष अधिवेशन वसी कार्य सम्पन्न भै परिणामतः सरकार समेत परिवर्तन भैसकेपछि पनि संसदका नियमित अधिवेशनहरु वसी कार्य सम्पन्न गरी आएको अवस्था समेत देखिएको छ र यस्तो अवस्थामा यस अदालतले असाधारण अधिकार क्षेत्रको स्वविवेकीय अधिकार प्रयोग गरी माग वमोजिम आदेश जारी गर्दा निस्प्रयोजन हुन जाने र साथै न्यायसंगत पनि हुने देखिदैन । तसर्थ प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6461
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2054/06/09
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्ण जंग रायमाझी | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6461
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्