नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6460 · वि.सं. २०५४

नि.नं. 6460 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीले सौतेनी आमा मोहन कुमारीले मिति २०३७।२।२२ मा गरिदिएको लिखत वदर गरी पाउँ भनी प्रस्तुत मुद्दामा दावी लिएको देखिन्छ । वादी गजेन्द्र बहादुर र निजका वावु डि.गणेश बहादुर हाडा, सौतेनी आमा मोहन कुमारी र निज पट्टिको छोरा गंभीर बहादुर समेत ४ अंशियारको भाग वण्डा लगाई मिति २०२१।७।२७ मा वण्डा पत्र पारित भएको र मिति २०२१।७।२२ मा वन्देज पत्र (शर्तनामा) को कागज समेत भएको देखिन्छ । सो कागजमा रहेको शर्त वन्देजमा वादी स्वयं पनि संलग्न रहेको, सो कागजमा रहेको शर्त वन्देजमा वादी स्वयम पनि संलग्न रहेको सो कागजका शर्त अनुसार वावु आमा दुवैको शेषपछि वावु आमाको नाउंमा रहेको सम्पत्ति छोराहरुले वांडी खान भन्ने उक्त शर्तनामा (वन्देजपत्र) को व्यहोराबाट देखिन्छ । वावु डि.गणेश बहादुरको शेषपछि आमाले सो सम्पत्ति आफ्नो नाममा नामसारी गरी वेचेकोमा त्यसरी वेच्न नपाउने उक्त शर्त वन्देज पत्रले कुनै वन्देज नराखेको र कानुनले पनि निषेध नगरेको देखिंदा वादी दावी नपुग्ने ठहर्‍याएको वाग्मती अंचल अदालतको इन्साफ सदर हुने ठहर्‍याएको यस अदालत संयुक्त इजलासको इन्साफ मनासिव ठहर्ने । (प्र.नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6460
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2054/07/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री टोप बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6460
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्