नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6456 · वि.सं. २०५४
नि.नं. 6456 — सेवाबाट वर्खास्त गरेको ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ श्रम ऐन, २०४८ को कानूनी व्यवस्था हेर्दा खराव आचरण गर्ने भनी कामदार वा कर्मचारीलाई व्यवस्थापकले दफा ५०(घ) वमोजिम सेवाबाट हटाउन पाउने व्यवस्था अन्तर्गत सेवाबाट हटाएकोमा व्यवस्थापकको त्यस्तो निर्णय उपर चित्त नवुझ्ने पक्षले सोही ऐनको दफा ६०(ग) ले श्रम अदालतमा पुनरावेदन गर्न सक्ने प्रावधान रहेको देखिन्छ । श्रम अदालत गठन नभएको कारणले दफा ७२(३) ले व्यवस्थापक द्वारा गरेको त्यस्तो आदेश उपर पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने भै सो वमोजिम प्रस्तुत मुद्दा पुनरावेदन अदालतबाट किनारा भएको देखिन आयो । श्रम ऐन, २०४८ को व्यवस्था अन्तर्गत पुनरावेदन सम्वन्धमा दफा ६० मा पुनरावेदनको छुट्टै व्यवस्था भएको र सो व्यवस्था हेर्दा यस अदालतमा एक त पुनरावेदन लाग्ने व्यवस्था नै नभएको र दोश्रो व्यवस्थापकद्वारा दिइएको आदेश उपर चित्त नवुझ्ने पक्षले सम्म श्रम अदालतमा पुनरावेदन गर्न पाउने अवस्था रहेको देखिने । § कारखाना र कारखानामा काम गर्ने मजदुर सम्वन्धी ऐनलाई प्रतिस्थापन गर्दै वनेको श्रम ऐन, २०४८ को दफा ६०(ग) को व्यवस्था अनुसार व्यवस्थापकले कर्मचारीलाई वर्खास्त गर्ने आदेश पुनरावेदन तहबाट उल्टी भएको अवस्थामा आफ्नो निर्णय उल्टी भए उपर व्यवस्थापक पक्ष स्वयंले पुनरावेदन गरी मुद्दा लम्याउन पाउने अवस्था देखिदैन । श्रम ऐनको दफा ६०(ग) र दफा ७२(३) को संयुक्त व्यवस्था अन्तर्गत व्यवस्थापकले गरेको आदेश उपर चित्त नवुझ्ने पक्षले मात्र पुनरावेदन अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको देखिन्छ । निर्णय गर्ने व्यवस्थापक स्वयंलाई पुनरावेदन गर्ने हक दफा ६०(ग) को व्यवस्थाले परिकल्पना गरेको भन्न नमिल्ने र सोही कारणले आफ्नो निर्णय उल्टी भएको अवस्थामा दोश्रो तह पुनरावेदन गर्न पाउने अवस्था समेत नदेखिने । (प्र.नं. १३ र १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6456 |
|---|---|
| मुद्दाको विषय | सेवाबाट वर्खास्त गरेको । |
| निर्णय वर्ष / मिति | 2054/05/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6456 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
