नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6455 · वि.सं. २०५४
नि.नं. 6455 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी मध्येका राजेश्वर र नितिश्वरको हकमा निजहरु प्रतिवादी रामेश्वरका हांगाका छोराहरु भएको र यी वादीहरुको अंशवण्डाको १० नं. को परिप्रेक्ष्यमा आफ्नो इज्जत आमद अनुसार खान लाउन नदिएको भन्ने दावी नेपालमा रहेको सम्पत्तिको आयस्ता नदिएको भनी अंश भाग वण्डा छुट्याउन माग गरेको कारणले निजहरुले पुनरावेदन अदालतबाट अंश नपाउने ठहराएको इन्साफ मनासिव देखिन्छ । वादी मध्येका शिवनेहिको मुद्दा चल्दा चल्दैको अवस्थामा मृत्यु भएको र निज आधा अंशको हकदार देखिएपनि निजको मृत्यु पश्चात निजको हकदार पति पुत्र पुत्री समेत भएको भन्ने मिसिलबाट नदेखिंदा त्यस्तो मृतकको पनि पुत्र पुत्री समेतको अभावमा निजको अंश भाग छुट्याउनु पर्ने कुनै औचित्य नै वांकी रहेको देखिदैन । अंशवण्डाको १ नं. ले जिय जियैको अंश गर्नु पर्ने व्यवस्था भएकोमा वादी शिवनेहीको मृत्यु भएको अवस्थामा निज जियमा रहेको मान्न नहुने हुँदा निजको अंश भाग छुट्याउने औचित्य पूर्ण आधार देखिन नआएकोले निजले आधा सम्पत्ति वण्डा पाउने ठहराएको सम्म पुनरावेदन अदालत हेटौडाको फैसला त्रुटीपूर्ण हुँदा सो हदसम्म उक्त फैसला केहि उल्टी हुने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6455 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2054/01/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ | माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6455 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
