नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6454 · वि.सं. २०५४
नि.नं. 6454 — लिखत वदर हक चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी ऐन अंशवण्डाको १९ नं. मा पिता पुर्खा पालाको सम्पत्तिमा चलमा सवै अचलमा आधी सम्म स्वास्नी छोरा विधवा वुहारी हुने मानिसले आफूखुस गर्न पाउने उल्लेख भएको पाइन्छ । स्वास्नी मानिसलाई पैत्रिक सम्पत्ति आफूखुस गर्न पाउने गरी उक्त १९ नं. ऐनले अधिकार दिएको देखिदैन । यस सम्वन्धमा ने.का.प. ०४९ निर्णय नं. ४५५० पुनरावेदक प्रतिवादी योगन्द्र प्रसाद यादव विरुद्ध सुर्जो देवी अहिर भएको लिखत दर्ता वदर मुद्दामा अंशवण्डाको १९ नं. को प्रयोग द्वारा वा स्वास्नी हुने अर्थात वावुको हकमा प्रयोग हुने हो वावु वाहेकका घरको मुख्यलाई अंशवण्डाको १९ नं. नलाग्ने भनी यस अदालतबाट सिद्धान्त प्रतिपादित भैसकेको देखिन्छ । उक्त सिद्धान्त समेतको आधारमा वादीको हक समेत विक्री गरेको कार्यलाई कानूनन तथा न्यायोचित भन्न नमिल्ने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6454 |
|---|---|
| मुद्दाको विषय | लिखत वदर हक चलन । |
| निर्णय वर्ष / मिति | 2054/06/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6454 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
