नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6453 · वि.सं. २०५४

नि.नं. 6453 — लेनदेन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीले रु.८१,६७३। कर्जा लिई आफ्नो नाम दर्ताको जग्गा २०३४ सालको वाली देखि फार्छे राजीनामाको कागज २०३४।१२।१८ मा गरी दिनु भएकोमा राजिनामा पास नगरी दिएकाले कपाली हुन गई लिखत वमोजिम सावा र व्याज समेत नदिएकोले सावां र व्याज भराई पाउ भन्ने मुख्य दावी देखियो । विवादित लिखतलाई प्रतिवादीले रु.२७,६७३। को लिखत भएको अंक महिना र थैली रकम समेत सच्याइएको भनि अ.वं. ७८ नं. वमोजिम वयान गरेको पाइयो । उक्त लिखत विशेषज्ञलाई जचाउँदा एक विशेषज्ञवाट लिखतमा तरल पदार्थ परेकोले जाँच गर्न नसकिने भन्ने र अर्को विशेषज्ञले लिखतमा अंक अक्षर मेटाई मसी कलमले लेखेको भन्ने उल्लेख भई दुवै विशेषज्ञको राय फरक फरक किसिमको देखिन्छ । लिखतको कुनै कुनै स्थानमा तरल पदार्थ पोखिएको कारण अलि उडेकोले साविक लेखाइमा फरक मसी देखिन्छ । लिखतको अधिकांश अक्षरहरुमा प्वाल परेको देखिएपनि समस्त लिखतको प्रकृति हेर्दा लिखतलाई जालसाजी किर्ते भन्न सकिने अवस्था देखिदैन । विवादित लिखत जग्गा पास गरी दिन थैली खुलाई रजिष्ट्रेशनको ६ नं. वमोजिम भएकोमा सो पारित हुन नसकी कपालीमा परिणत भएको हुँदा लेनदेन व्यवहारको २ नं. अनुसार १० वर्षको हदम्याद हुने हुँदा वादीको फिराद हदम्याद भित्रकै देखिन्छ । वादीले फिरादमा व्याज समेतको दावी लिएकोले व्याज भरी पाउने हो होइन भन्ने तर्फ विचार गर्दा रजिष्ट्रेशन गराउनु पर्ने घरसारको पास हुन नसकेको लिखतका सम्वन्धमा रजिष्ट्रेशनको ६ नं. मा लिखत वमोजिमको सम्पत्ति भोग गर्न नपाएकोमा भोग गर्न नपाए जतिको काुनन वमोजिमको व्याज समेत साहुले कपाली सरह भराई लिन पाउँछ भन्ने कानूनी व्यवस्था देखिन्छ । विवादित फार्छे राजीनामामा लेखिएको जग्गा वादीले भोग गरेको छ भन्ने प्रतिवादीको जिकिर समेत नभएको अवस्थामा व्याज लिने दिने कुरा लिखतमा उल्लेख नभएपनि रजिष्ट्रेशनको ६ नं. मा उल्लेखित व्यवस्थावाट वादीले प्रतिवादीवाट वादी दावा वमोजिमको सांवा (थैली) र कानून वमोजिमको व्याज समेत पाउने देखिन्छ । तसर्थ वादीले प्रतिवादीवाट सांवा रु.८१,६७३। र दश वर्ष सम्मको सयकडा १०% ले व्याज समेत पाउने ठहर्‍याएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेकै देखिने । (प्र.नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6453
मुद्दाको विषयलेनदेन ।
निर्णय वर्ष / मिति2054/03/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6453
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्