नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6452 · वि.सं. २०५४

नि.नं. 6452 — भ्रष्टाचार ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एकै अभियोगमा अनुसंधान अधिकारी समक्ष भएको एकै प्रतिवादीको दुई थरी परस्पर विरोधाभासयुक्त वयान मध्ये इन्कारीलाई छाडी साविती वयानलाई मात्र प्राधन्यता दिई सोही आधारमा कसुरदार ठहर्‍याउन फौजदारी न्यायको सिद्धान्त प्रतिकूल हुने हुँदा प्रतिवादी खड्ग बहादुर खत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) बमोजिम भ्रष्टाचारको कसुर गरेको ठहर्‍याई ऐजनको दफा २९(१) बमोजिम निजबाट विगो समेत असुल गर्ने ठहर्‍याएको पुनरावेदन अदालत, नेपालगन्जको फैसला मिलेको नदेखिंने । (प्र.नं. ३३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6452
मुद्दाको विषयभ्रष्टाचार ।
निर्णय वर्ष / मिति2053/09/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6452
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्