नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6451 · वि.सं. २०५४

नि.नं. 6451 — हक सफा ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीले न.नं. ६ को जग्गामा हक सफा नहुने गरी रुकुम जिल्ला अदालत र पुनरावेदन अदालतले गरेको फैसला उपर वादीको कुनै पुनरावेदन नपरेबाट त्यसमा विचार गरी रहन पर्ने अवस्था आएन । न.नं. ७ को जग्गा हक सफा गर्ने गरी गरेको शुरु रुकुम जिल्ला अदालतको फैसला र सो फैसला सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला उपर प्रतिवादीको पुनरावेदन फैसला हेरी सो फैसलाले वादीको पश्चिम किल्लाको एक मात्र आधारको हक सफा गरी दिने गरी फैसला भएको पाइन्छ । हक सफाको लागि वादी सन्धी सर्पन पर्ने स्पष्ट आधारमा दावी गर्नु पर्छ । सिर्फ पश्चिम किल्लाको मात्र आधारले हक सफा गर्न लेनदेन व्यवहारको ११ नं. ले नमिल्ने भएबाट सो न.नं. ७ को जग्गा वादीले हक सफा गर्ने गरी गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला उल्टी हुने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6451
मुद्दाको विषयहक सफा ।
निर्णय वर्ष / मिति2053/12/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6451
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्