नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6450 · वि.सं. २०५४

नि.नं. 6450 — वाली मोही निष्काशन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दर्तावाला मोही मुनाई साहुको मृत्यु भएपछि उक्त जग्गा मोहीको हैसियतले यी पुनरावेदकले कमाई आएको भएतापनि जग्गाधनीले भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) वमोजिम विधिबत रुपमा मोही रोज्ने कार्य गरेको नदेखिदा कि.नं. २५० र २५१ को जग्गामा पुनरावेदक मक्तू साह तेलिको मोही हक स्थापित भएको मान्न मिलेन । दर्तावाला मोहीको मृत्यु भएपनि मोही लगतको दर्ता स्वतः वदर हुदैन । सो बदर गर्नको लागी कानून बमोजिमको कार्यबिधि अबलम्बन गर्नु पर्ने । § प्रतिवादीको वाबु मुनाइ साहुको नाममा मो लगत कायम भएकोमा निजको मृत्युपछि निजको कुनैपनि छोरालाई विधिबत रुपमा मोही नरोजि निजको छोरा मक्तु शाहलाई मोही मानी निजलाई मोहीबाट निष्काशन समेत गरेको मिलेको नदेखिदा शुरुको केहि उल्टि गरी मोही निष्काशन समेत हुने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसला उल्टि हुने। (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6450
मुद्दाको विषयवाली मोही निष्काशन ।
निर्णय वर्ष / मिति2054/04/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6450
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्