नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 645 · वि.सं. २०२८
नि.नं. 645 — उत्प्रेषणको आदेश जारी गरीपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नगरपञ्चायत ऐन, २०१९ को दफा २८(३) र संशोधित दफा ५३(३): दफा २८(१) अन्तर्गत नगरपञ्चायतद्वारा प्रत्यायोजित (Deligated) अधिकारप्राप्त अधिकारी (जस्तो न.पं.मुद्दा फाँट) को निर्णयउपर सोही दफाको उपदफा (३) अन्तर्गत नगरपञ्चायतले पुनरावेदन सुनिसके पछि मात्र दफा ५३(३) अन्तर्गतको व्यवस्थाअनुसार अञ्चलअदालतमा पुनरावेदन लाग्ने । नगरपञ्चायत ऐन, २०१९ को संशोधितसमेतको दफा ५३ को उपदफा (३) मा नगर पञ्चायतले कुनै घर भत्काउन आदेश दिएकोमा सो आदेशउपर ३५ दिनभित्र अञ्चल अदालतमा पुनरावेदन लाग्न सक्नेछ भन्ने उल्लेख भएको देखियो । अब नक्सा र मुद्दा फाँटले लठ्ठा घर भत्काउने गरेको निर्णयउपर उक्तदफा ५३ को उपदफा (३) अनुसार सोझै अञ्चल अदालतमा पुनरावेदन लाग्ने हो कि भन्नलाई उपरोक्त उल्लेख भएबमोजिम उक्त दफा २८ को उपदफा (१) अन्तरर्गतको अधिकारीले गरेको निर्णयउपर उक्त दफा २८ को उपदफा (३) अनुसार पुनरावेदनको व्यवस्था भएकोमा सो पुनरावेदनको तह समाप्त नभई उक्त नक्सा र मुद्दा फाँटको निर्णय अन्तिम भयो भन्ने अवस्था देखिन आउँदैन । उक्त उपदफा (३) अन्तर्गत परेको पुनरावेदनबाट नक्सा र मुद्दा फाँटबाट नक्सा पास बेगर कौशी माथि बनाएको लठ्ठा घर भत्काउने आदेश दिएको कायम नरहन पनि सक्दछ । त्यस्तो अवस्थामा उक्त दफा ५३ को उपदफा (२) अन्तर्गत नगरपञ्चायतले लठ्ठा घर भत्काउने आदेश दिएको भन्ने देखिन आउँदैन र उक्त दफा ५३ को उपदफा (३) ले नगर पञ्चायतले भत्काउने आदेश दिएउपर मात्र पुनरावेदनको व्यवस्था गरेको देखिन आएकोले सो अवस्थै नरहेकोमा अञ्चल अदालतमा पुनरावेदन दिने भन्ने प्रश्नै उपस्थित हुनसक्तैन । यस्तोमा नगरपञ्चायत ऐन, २०१९ को दफा २८ को उपदफा (३) अन्तर्गत नगर पञ्चायतले पुनरावेदन सुनिसकेपछि मात्र दफा ५३ को उपदफा (३) अन्तर्गत व्यवस्था भएअनुसार अञ्चल अदालतमा पुनरावेदन लाग्ने कुरा हुनआउँछ । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 645 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरीपाउँ |
| निर्णय वर्ष / मिति | 2028/07/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री नयनबहादुर खत्रीको राय यस मुद्दामा उठेको पहिलो प्रश्न न्यायिक अधिकारको प्रत्यायोजनका सम्बन्धमा छ । नगरपञ्चायत ऐन | माननीय न्यायाधीश श्रीनयनबहादुरको रायसँग सहमत हुन सकिन । तसर्थ स.अ.नियमावली | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्यायको राय भएको ०२८।३।३२।६ को डिभिजन बेञ्चको आदेश । | माननीय न्यायाधीश श्री नयनबहादुरज्यूको राय मनासिव ठहर्छ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 645 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
