नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6448 · वि.सं. २०५४
नि.नं. 6448 — भ्रष्टाचार ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भ्रष्टाचारको कसुर प्रमाणित हुनको लागि मनसाय तत्वको साथै वदनियतपूर्ण कृयाबाट कार्य कारण भएको भन्ने प्रष्ट रुपमा देखिनु पर्ने हुन्छ । यी तत्वको अभावमा भएका कृयालाई हानि नोक्सानीको आधारबाट मात्रै भ्रष्टाचार गरेको भनी ठहर गर्नु न्यायिक दृष्टिकोणले उपयुक्त हुने देखिंदैन । प्रतिवादी विष्णु प्रसाद पराजुली आफू उक्त गोदामको गोदाम किपर रहेकोमा स्वीकार गरेका सामान घटी भएमा पनि सावितै रहे तापनि उक्त सामान राखिएको भौतिक स्थिति समेतबाट सामान हराउन सक्ने र हराएको परिमाण तुरुन्त थाहा नलाग्ने अवस्था पर्न जाने समेत देखिन आउँछ । निज विष्णु प्रसादको उक्त सामानहरुको क्षतिपूर्ति संस्थालाई वुझाउनु तिर्नुमा भने निजको कानूनी र नैतिक दायित्व रहे भएको मान्नु पर्ने हुन आउँछ । नपुग भै घटी भएको सामानको विगो कानून वमोजिम निजबाट असुल गर्न मिल्ने नै देखिन्छ । माथि गरिएको सम्पूर्ण विश्लेषणबाट यी प्रतिवादी विष्णु प्रसाद पराजुलीले वदनियत र मनसायपूर्वक संस्थाको सामान हिनामिना गरी निजलाई फायदा हुने र आफू कार्यरत संस्थालाई गैरकानूनी हानी नोक्सानी हुने कार्य गरेको पुष्टी हुन आएको नदेखिंदा तत्कालिन वागमती विशेष अदालत र तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतले निजलाई कसुरदार ठहराई गरेको फैसला उल्टी गरी यी पुनरावेदक प्रतिवादी विष्णु प्रसाद पराजुलीलाई भ्रष्टाचारको आरोपित कसुरबाट सफाइ र उक्त कसुर गर्न संलग्न रहेको सवुद प्रमाणको अभावमा पुनरावेदक प्रतिवादी राम बहादुर थापालाई समेत सफाइ दिने ठहराएको माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय मनासिव ठहर्ने । (प्र.नं. ३२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6448 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार । |
| निर्णय वर्ष / मिति | 2054/07/28 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने | माननीय न्यायाधीश श्री टोप बहादुर सिंह | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय मनासिव ठहर्ने । | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा संग राय नमिलेकोले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलाश समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय । | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको रायसंग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्माको राय सहितको ०५०।२।११।१ को फैसला । | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको प्रस्तुत गर्नु भएको वहस समेत सुनियो । पुनरावेदक प्रतिवादी राम वहादुर थापाको तर्फवाट रहनु भएका विद्धान अधिवक्ता श्री कुमारराज जोशीले प्रतिवादी राम वहादुर थापा कसुर गरेमा इन्कार रहेको | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको तथा बिपक्षी श्री ५ को सरकारको तर्फवट उपस्थित विद्धान सरकारी अधिवक्ता श्री सत्य नारायण प्रजापतीले प्रतिवादी विष्णु प्रसाद पराजुली स्टोर किपर हुन् भन्नेमा विवाद नरहेको | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्माको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको प्रस्तुत गर्नु भएको वहस जिकिर समेत सुनियो । | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय र आफ्नो जिम्मामा रहेको मालसामान हिनामिना भएकोमा यथासमयमा निजले त्यस कुराको जानकारी समेत कतै गरेको मिसिलवाट नपाइएको हुँदा निजको लापरवाही वा वदनियत नभएको भन्न मिल्ने देखिंदैन | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्माको राय भै संयुक्त इजलासका माननीय न्यायाधीश वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय मनासीव ठहर्छ। पुनरावेदक प्रतिवादीहरुले आरोपित कसुरवाट सफाई पाउने ठहर्छ । अरु तपसिल बमोजिम |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6448 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
