नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6445 · वि.सं. २०५४
नि.नं. 6445 — दर्ता वदर दर्ता कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एकाको नाममा रहेको दर्ता वदर गरी दर्ता कायम गरी पाउँ भन्ने सम्वन्धी उजुरी लिई कारवाही किनारा गर्ने अधिकार क्षेत्र साविक झापा जिल्ला वन क्षेत्र सुदृढिकरण सम्वन्धी विशेष अदालतलाई भएको देखिन आउदैन । यस प्रकार साविक झापा जिल्ला वन क्षेत्र सुदृढिकरण सम्वन्धी विेशष अदालतमा उजुरी परी सो विशेष अदालत विघटन भै सरी आएको प्रस्तुत मुद्दाको उजुरीमा साविक झापा जिल्ला वन क्षेत्र सुदृढिकरण सम्वन्धी विशेष अदालतको अधिकार क्षेत्र प्रयोग गरी इन्साफ गर्नुपर्ने पुनरावेदन अदालत इलामले प्रस्तुत मुद्दा सुनी इनसाफ गर्ने अधिकार क्षेत्र ग्रहण गर्न नसक्ने भएबाट वादी दावी खरोज हुने ठहराएको पुनरावेदन अदालत इलामको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6445 |
|---|---|
| मुद्दाको विषय | दर्ता वदर दर्ता कायम । |
| निर्णय वर्ष / मिति | 2053/10/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6445 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
