नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6444 · वि.सं. २०५४

नि.नं. 6444 — उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मोहीको नाम जग्गा धनी दर्ता पूर्जामा तरी भाई तथा मोठमा ददीभाई उल्लेख भै नाममा फरक परेकै अवस्थामा पनि र जग्गा भोगी जोती आइरहेको भन्ने निवेदन जिकिर हुँदा मोही भागी वेपत्ता भएको भन्ने लिखित जवाफको व्यहोरा युक्तिसँगत नदेखिंने । (प्र.नं. ९) § भूमि सम्वन्धी नियम, २०२१ को नियम ९ अनुसार अस्थायी निस्सा प्राप्त सम्वन्धित मोहीलाई प्राकृतिक न्यायको सिद्धान्त अनुसार सूचना दिइ अ.वं. ११० नं. को रीत पुर्‍याई तामेल गरी प्रतिवाद गर्ने मौका दिनु पर्नेमा सो नभई प्रतिवाद गर्ने मौकै नदिई भू.सु.का. काठमाण्डौले मिति २०४७।१२।११ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा वदर गरिएको छ । अव विवादीत जग्गाको आफ्नो कार्यालयको मोहीको लगत श्रेस्ता समेत हेरी भिडाई मोहीलाई प्रतिवादको मौका दिई निर्णय गर्नु भनी जिल्ला भूमि सुधार कार्यालय काठमाण्डौको नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6444
मुद्दाको विषयउत्प्रेषण वा अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ ।
निर्णय वर्ष / मिति2054/09/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6444
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्