नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6443 · वि.सं. २०५४
नि.नं. 6443 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भू.सु. ७ नं. अनुसूची अलग अलग पेश भएको मात्र आधारमा अंश छुट्टी भिन्न भएको भन्न नमिल्ने र वादीहरुको वावु र प्रतिवादीहरुको वावु र दाजुहरुसँग भिन्न भै सकेको भन्ने प्रतिवादी जिकिर अनुरुप प्रमाण ऐन, २०३१ को दफा २७ वमोजिम अंश छुट्टि भिन्न भइ सकेको कानून वमोजिमको प्रमाण दिन गुजार्न सकेको समेत नदेखिएको हुँदा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु धनुषा जिल्ला अदालतको इन्साफ उल्टी गरी वादी दावी वमोजिम प्रतिवादीबाट पेश गरेको तायदातीमा उल्लेखित सम्पत्तिबाट ४ खण्डको १ खण्ड पाउने ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला मुनासिव देखिंदा सो फैसला सदर हुने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6443 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2054/07/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6443 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
