नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6442 · वि.सं. २०५४

नि.नं. 6442 — अंश दपोट ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मान बहादुर घरको मुख्य ब्यक्ति बाबु भएकोले उक्त घर सो जग्गामा भएको जानकारी निजलाइ थिएन भन्न मिल्दैन । न त निजको त्यस्तो जिकिर नै देखिन्छ । अंशियारले आफ्नो जिम्माको सम्पत्तिको विवरण खुलाउनु पर्ने दायित्व स्पष्टतः अंश बण्डाको महलले जिम्मा हुने ब्यक्तिलाई तोकेको छ । सो सम्पत्ति आफ्नो कब्जा जिम्मामा छ र कानूनले अबैध नमानेको स्थितिमा त्यस्तो सम्पत्तिको विवरण दिनु जिम्मा हुनेको कर्तब्य हो । श्रेस्ता नभएको तर आफ्नो जिम्मामा रहेको सम्पत्तिको विवरण दिनु नपर्ने हो भने चलधनमालको श्रेस्ता नहुने हुदा चल धनमालको विवरण दिनु पर्ने दायित्व नहुने भन्नुपर्ने स्थिति हुन जान्छ जुन कि कानूनले भन्दैन । चल धनमालको पनि तायदाती दिनु पर्ने कर्तब्य अंशियारको हुन्छ भन्ने अंशबण्डाको महलमा स्पष्ट देखिने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6442
मुद्दाको विषयअंश दपोट ।
निर्णय वर्ष / मिति2053/11/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6442
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्