नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6441 · वि.सं. २०५४

नि.नं. 6441 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

लाश जाँच रिपोर्ट (Post Mortem Report) मा घाँटी निमोठीइ निसासीएर मृत्यु भएको भन्ने डाक्टरको राय उल्लेख हुनु र लास प्रकृति मुचुल्कामा मृतकको दुवै आंखा मुनी दुवै गाला सुनिएको दाहिने आंखा माथि पुरपुरोमा आधा इन्च लामो चोट लागेकोको निलडाम देखिएको, मृतकको घाँटीमा मसिनो विजुलीको तार ४ दोवर पारी कसी राखेको भन्ने समेत देखिएबाट यी प्रतिवादी रौसतम नटले मौकामा अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती वयान कागजलाई पुष्टि गरी रहेको देखिन आउँछ । यस अलावा प्रहरीले कुटपिट गरी सावित गराएका हुन भन्ने पनि जाँच गराउनु पर्ने छैन भनी घा जाँच तर्फ दावी लिन सकेको पाइदैन । उल्लेखित आधार प्रमाण समेतबाट प्रतिवादी अदालतमा इन्कारी रहेकै कारणबाट मात्र आरोपित कसुरबाट सफाई पाउनु पर्ने भन्ने निजको पुनरावेदन जिकिर मनासिव नदेखिने । (प्र.नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6441
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2054/05/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6441
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्