नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6438 · वि.सं. २०५४

नि.नं. 6438 — वाली विगो ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीले फिरादको आधार अंशवण्डाको ३५ नं. र जग्गा मिच्नेको १८ नं लाई वनाएको पाइन्छ । यस अदालतबाट दोहोर्‍याउने निस्सा दिंदा अंशवण्डाको ३१ नं. को त्रुटि भयो भन्ने उल्लेख भएको पाइन्छ । अंशवण्डाको ३५ नं. अंशमा नालेस गर्ने हद म्यादको विषयमा र ज.मि. को १८ नं. मा झगडा परेको जग्गाको विषयमा मुद्दा प्रारम्भ भएको मिति देखि मुद्दा टुंगो लागेको मिति सम्मको आयस्ता वालीमा मुद्दा टुंगो लागेको मितिले १ वर्ष भित्र नालेस गर्नु पर्ने व्यवस्था गरेको देखिन्छ । तर प्रस्तुत मुद्दाको माग दावि मानो छुट्टिएको मिति २०३७।७।१४ देखि चलन पूर्जी पाएको मितिसम्मको आयस्ता वाली दिलाई पाउ भन्ने हुँदा अंशवण्डाको ३५ नं. र ज.मि. को १८ नं. अन्तर्गतको विषय वस्तु देखिएन । अंशवण्डाको ३१ नं. ले तायदाती आएपछि वादीको अंश भाग जतिको जग्गाको वाली रोक्का गर्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दामा वादीबाट २०४२।११।१३ र २०४३ साल आषाढमा तायदाती दिएको देखिन्छ । सो तायदाती आएपछि वादीको अंश भागमा पर्ने जति जग्गा रोक्का रहेको र त्यस्तो रोक्का रहेको वाली दिलाई पाउँ भन्ने दावी नभएको हुँदा अंशवण्डाको ३१ नं. को व्याख्याको प्रश्न समावेश भएको देखिएन । तसर्थ वादीको फिराद कानूनमा आधारित नदेखिएको हुँदा प्रष्ट कानूनी आधार वेगर मानो छुट्टिएको मिति देखि अंश चलन पाएको मितिसम्मको आयस्तावाली दिलाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्‍याएको शुरुको सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ सदर हुने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6438
मुद्दाको विषयवाली विगो ।
निर्णय वर्ष / मिति2054/03/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6438
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्