नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6436 · वि.सं. २०५४

नि.नं. 6436 — लेनदेन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मिति २०४६।३।२७ को लिखत वमोजिम सांवा रु.२३,०००। तथा सयकडा १०% ले हुने व्याज समेत गरी जम्मा रु.२७,४२७।४० पैसा समेत प्रतिवादीबाट दिलाई पाउँ भन्ने वादी र वादीले खडा गरेको लिखत झूठ्ठा हो वादी दावी वमोजिमको रकम दिनु पर्ने होइन भन्ने प्रतिवादी जिकिर देखिन्छ । प्रतिवादीको वारिसले अदालतमा वयान गर्दा उक्त विवादको लिखत लिफा कागजमा तयार पारेको भन्ने जिकिर लिएता पनि उक्त लिखत हेर्दा लिफाको प्रयोजनको लागि तयार भएको भन्ने लिखतको प्रकृतिबाट देखिदैन सामान्यतः लिफामा लिखतको अक्षर शुरु हुने स्थान र अन्त हुने स्थानमा ल्याप्चे सहीछाप हुन्छ, तर प्रस्तुत विवादको लिखतमा अक्षर थपिएको ठाउँमा समेत वादीको ल्याप्चे छाप लागेको देखिन्छ । साथै लिखतमा लागेको ल्याप्चे छाप आफ्नो होइन भन्न पनि वादीले नसकेको अवस्था समेत हुँदा वादी दावी वमोजिम प्रतिवादीबाट वादीले सावा व्याज भरी पाउने ठहर्‍याएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको देखदा सदर हुने । (प्र.नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6436
मुद्दाको विषयलेनदेन ।
निर्णय वर्ष / मिति2054/02/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6436
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्