नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6435 · वि.सं. २०५४
नि.नं. 6435 — वक्सपत्र वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफ्नो खुश गर्न पाउने अरुमा अंशियार र हक पुग्नेहरुको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान वक्स गरी दिन हुदैंन भन्ने कानूनी प्रावधान रहेको अवस्थामा सगोलको सम्पत्तिबाट छोरीलाई वक्सपत्र दिंदा सगोलको छोराको समेत मन्जुरी लिई वक्सपत्र गरी हक हस्तान्तरण गर्नु पर्नेमा सो वमोजिम मन्जुरी नलिई गरी दिइएको वक्सपत्रको सम्पत्तिमा ३ नै जनाको संयुक्त हक लाग्ने हुँदा सो वमोजिम ३ खण्डको १ खण्ड वक्सपत्र गरी दिएको लिखत वदर गर्नु पर्नेमा सो नगरेको हदसम्म पुनरावेदन अदालत, पोखराको फैसला त्रुटीपूर्ण हुँदा केही उल्टी हुने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6435 |
|---|---|
| मुद्दाको विषय | वक्सपत्र वदर । |
| निर्णय वर्ष / मिति | 2054/03/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6435 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
