नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6432 · वि.सं. २०५४
नि.नं. 6432 — अंश दपोट ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ तात्विक भिन्नताको अर्थ गर्दा व्यापक र वृहदरुपमा अर्थ गर्नुपर्ने हुन्छ । शुरु अदालतको फैसला वमोजिम हुने कार्य भन्दा फरक राय वा अर्थ निस्कने गरी कुनै एक पक्षलाई पुनरावेदन अदालतको फैसलाले कुनै कुरा दिने, दिलाउने, पाउने, नपाउने, हुने, नहुने कुरामा फरक पर्दछ भने त्यस्तो अवस्थालाई भिन्नताको अर्थमा लिनु न्यायिक र विवेकपूर्ण व्याख्या हुन जाने । (प्र.नं. ८) § पुनरावेदन अदालतको फैसलामा तात्विक भिन्नता रहेको अवस्थामा यस अदालतमा पुनरावेदन नै लाग्ने देखिन्छ । पुनरावेदन गर्ने उपचारको मार्ग सारवान कानूनी अधिकार (Substantive Legal Right) भित्र पर्दछ । पुनरावेदन लाग्ने अवस्थामा पुनरावेदन कै मार्ग अपनाउनु पर्ने भन्ने यस अदालतबाट विभिन्न मुद्दामा न्यायिक सिद्धान्त समेत अपनाई आई रहेकै छ । दफा १२(१) को व्यवस्थाले पनि पुनरावेदन लाग्ने अवस्थामा उक्त ऐनको दोहराउने कार्यविधिको व्यवस्थाले मान्यता नपाउने कुरा स्वयंले संपुष्टी गरिरहेकै देखिने । (प्र.नं. ९) § प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको फैसला उपर यस अदालतमा पुनरावेदन लाग्ने अवस्था रहेको देखिन आयो । सम्वन्धित एउटै व्यक्तिले कुरा नखोली लुकाइ अलग अलग मितिमा पुनरावेदन र दोहराई पाउँ भन्ने निवेदन अलग अलग गरी दर्ता गराएको हुँदा दुई वेग्ला वेग्लै संयुक्त इजलासबाट अलग अलग आदेश हुन गएको देखिन आयो । पुनरावेदन लाग्ेन प्रकृतिको मुद्दा देखिंदा पुनरावेदनको मार्ग अवलम्वन गरी आएकोलाई अन्यथा भन्न मिल्ने देखिन आएन । एउटै मुद्दामा दुई अलग अलग उपचारको मार्ग समाउन पाउने कानूनी व्यवस्थाको अभावमा दोहराई पाउँ भनी परेको निवेदन कानून अनुरुपको भन्न नमिल्ने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6432 |
|---|---|
| मुद्दाको विषय | अंश दपोट । |
| निर्णय वर्ष / मिति | 2054/08/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6432 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
